संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।
नेपालमा २०४६ सालको राजनीतिक परिवर्तन पश्चात यस वस्तीमा गाउँलेहरुको प्रयासबाट आफ्नै गाउँमा विद्यालय खोल्ने मनसायले गाउँका शिक्षाप्रेमी,भद्रभलादमी तथा समाजसेवीको अथक प्रयास र तत्कालिन परासन गा.वि.स. अध्यक्ष स्व. शालिग्राम शर्माको पहलमा मिति २०५५ साल बैशाख २८ गतेका दिन समाजसेवी श्री वनवारी रानाको अध्यक्षता तथा गाउँका पधना श्री नारु रानाको घर (बँगलिया) मा गाउँका केही बालबालिकाहरु भर्ना गरी कक्षा १ र २ सञ्चालन गरिएको र श्री राष्ट्रिय प्रा.वि. नामाङ्करण गरिएको थियो । त्यसैगरी दुई जना संस्थापक शिक्षकहरु क्रमशः श्री विदूर राना र श्री सम्झना राजभण्डारीले उक्त स्थानमा लगभग ६ महिनासम्म पठनपाठन गरिए पश्चात राना थारु जातिको कूल देवता भुइँया पुजा गर्ने ठाउँ नजिकै रहेको शिव मन्दिर पछाडी भिरालो जमिनमा गाउँलेहरुको सहयोगमा कच्ची टहरो बनाइ सारिएको थियो । यसै गरी, करिब दुई शैक्षिक सत्रसम्म जनजागरण सामुदायिक वन समिति तथा यस गाउँको परासन युवा क्लबको सहयोगमा घर निर्मांण गर्न र फर्निचरका लागि काठ सहयोग उपलब्ध गरिएको थियो भने सो सहयोगबाट चार कोठे कच्ची टहरो निर्माण भएर करिब दुई शैक्षिक सत्रसम्म विद्यालय सञ्चालन गरिसकेपछि मात्रै तत्कालिन जिल्ला शिक्षा कार्यालय, महेन्द्रनगरबाट २०५७/०१/२६ मा कक्षा १ को कक्षा सञ्चालन अनुमति प्राप्त भएको थियो । त्यसै गरि, २०५८/०१/०९ मा कक्षा २ र २०५८/०८/२७ मा कक्षा ३ को कक्षा सञ्चालन अनुमति प्राप्त भयो भने मिति २०६१ साल जेठ १७ गते कक्षा ४ र ५ को कक्षा सञ्चालन अनुमति प्राप्त भएको थियो ।
हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।