विद्यालयको बारेमा अन्य जानकारीः यो विद्यालय कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरबाट करीब ७५ कि.मी. दक्षिणपूर्व तथा भारतको दुधुवा नेशनल पार्कबाट लगभग ५०० मी. पश्चिम दोँदा नदीको अति बाढी प्रभावित क्षेत्र नजिकै रहेको छ।यस विद्यालयको उत्तरतर्फ पुनर्वास- ५ को उदरी गाउँ रहेको छ भने दक्षिणमा पृथ्वीवस्ती रहेको छ । त्यस्तै गरि, पश्चिम दिशामा बुद्धवस्तीको श्री बालबागिश्वरी मा. वि. अवस्थित छ। हाल यस विद्यालयमा एक प्राथमिक स्वीकृत स्थायी शिक्षक दरबन्दी, एउटा बालविकास दरबन्दी र ३ ओटा प्राथमिक राहत दरबन्दी र एक कार्यालय सहयोगीको दरबन्दी गरी जम्मा ६ ओटा सरकारी अनुदान दरबन्दी रहेका छन् । यस विद्यालयमा बालविकास कक्षा (शिशु कक्षा) देखि कक्षा ५ सम्म पठनपाठन हुँदै आईरहेको छ । यो विद्यालय पुनर्वास नगरपालिका वडा नं. ७ मा रहेको आदिवासी/जनजाति मात्रै प्रायः वसोवास परासन गाउँभित्रका बालबालिकाहरु पठनपाठन गर्न आउने गरेका छन् भने पुनर्वास नगरपालिका वडा नं. ५ उदरी गाउँ, बुद्धवस्ती र पुनर्वास नगरपालिका वडा नं. ७ कै दक्षिणपट्टी रहेको चौधरी टोलका बालबालिकाहरुलाई यो विद्यालय पठनपाठनका लागि पायक पर्ने स्थानमा रहेको छ । यस विद्यालयको सेवा क्षेत्र भित्र करीब २५० भन्दा बढी घरधुरीहरुमा झण्डै १५००/१७०० भन्दा बढी जनसंङ्ख्यामा ५३% महिला र ४७% पुरुषको जनसङ्ख्या रहेको छ।
करीब ५०० को हाराहारीमा विद्यालय जाने उमेरका बालबालिकाहरु रहेका छन, भने सेवा क्षेत्रका अधिकांश जनताहरु कृषि पेशामा संलग्न रहेका छन् । केही युवाहरु तेस्रो राष्ट्र र भारतमा आफ्नो श्रम बेचिरहरका छन् भने यहाँ विद्यालय बिचैमा छाड्ने, कम उमेरमा विवाह गर्ने र केही युवायुवतीहरु दैनिक ज्यालादारी काममा संलग्न भएको पाइन्छ । र विद्यालय बिचमै छाड्नेहरु लागू औषध जस्तो कुलतमा परेको अवस्था पनि रहेको छ।जसका कारण निरक्षर नागरिक र अशिक्षित वर्गको बाहुल्यता देखिन्छ । यस गाउँमा आदिवासी/जनजातिको बाहुल्यता भए पनि केवल एक घर परिवार नेवार जातिको रहेको छ। त्यसै गरि, केही घर परिवार चौधरी जातिको पनि रहेको छन् । अधिकांश मानिसहरु गरीबीको रेखा मुनि रहेका छन् । यहाँ प्रायः रानाथारु भाषीहरु रहनुका साथसाथै नेवारी भाषी एक परिवार र चौधरी थारु भाषा बोल्ने मानिसहरु पनि रहेका छन् । सामाजिक चेतनास्तर विस्तारै बामे सर्दैछ । र विगतको तुलनामा वर्तमान समयमा यस समुदायका मानिसहरुमा केही परिवर्तनहरु नआएको अवस्था भने छैन्।
शैक्षिक कार्यक्रमहरुः यस विद्यालयमा निम्न बमोजिमका शैक्षिक कार्यक्रमहरु सञ्चालित रहेका छन् ।