विक्रम सम्वत २०५५ सालमा समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवी सहित आम आभिभावकहरुको अथक प्रयासमा मिति २०५५/०१/२८ गते श्री वनवारी रानाको अध्यक्षतामा श्री राष्ट्रिय प्रा.वि. नामबाट स्थापना भएको यो विद्यालय मिति २०५७/०१/२६ मा जिल्ला शिक्षा कार्यालय कञ्चनपुरबाट 'श्री राष्ट्रिय प्राथमिक विद्यालय' नामबाट प्रा.वि. कक्षा १ को सञ्चालन अनुमति स्वीकृति पाएको थियो।
कुनैपनि संघ संस्था स्थापना गर्न जति सजिलो हुन्छ त्यो भन्दा जटिल परिस्थिति उसलाई संस्थागत गर्दै दिगो रुप दिन हुन्छ।यस विद्यालयले पनि यसको स्थापना देखि हालसम्म आईपुग्दा त्यस्तै आरोह अवरोह पार गर्दै आएको छ।सर्वप्रथम यस विद्यालय स्थापना गरी यहाँ सम्म ल्याउन सफल विद्यालयका संस्थापक, सम्पुर्ण अभिभावक, शिक्षक, विद्यार्थी लगायत सहयोगी सबैलाई हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु ।
बिगत २६ वर्ष देखि निरन्तर पठनपाठन गराउँदै आईरहेको यस विद्यालयले अनुशासित, लगनशिल, इमान्दार, प्रतिश्पर्धी सक्षम जनशक्ति उत्पादन गर्नमा अहम् भूमिका खेलेको छ र आगामी दिनमा पनि समय सापेक्ष गुणस्तरयुक्त सीपमूलक एवम् रोजगारमूलक शिक्षा प्रदान गर्न सकोस र सिङ्गो देशलाई अग्रगति तर्फ डोर्याउन सकोस भन्दै विद्यालयको उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।